सुनको भाउमा गिरावट / कतिमा हुँदैछ कारोबार ?

सोमबार, २० चैत्र २०७९, १० : ४५

काठमाडौं- साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ। 

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले नै घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। 

सोमबार, २० चैत्र २०७९, १० : ४५

प्रतिक्रिया