काठमाडौं- साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । यो संगै छापावला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
हिजो सोमबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको थियो । ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३९० सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया