१ वर्षको रिचार्ज गरेर २ जनाले जिते १/१ लाख रुपैयाँ

मंगलबार, २१ चैत्र २०७९, १३ : ५४

काठमाडौँ - डिशहोममा १ वर्षको रिचार्ज गरेर २ जनाले १/१ लाख रुपैयाँ जितेका छन्। 

देवका आचार्य र रत्नकला बुढाथोकीले जनही १ लाख रुपैयाँ जितेको कम्पनीले जनाएको छ। 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन सकिन्छ। 

उनीहरुमध्ये हरेक हप्ता १ जना ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने अवसर पाउँछन्। 

कम्पनीका अनुसार सैंजु इन्टरप्राइजअन्तर्गतका डिलर विजय स्टोर्स एन्ड सप्लायर्स दिक्तेल १ खोटाङका डिलर दाइबाट डिशहोमको वार्षिक रिचार्ज गरी स्किमअन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन्। 

मंगलबार, २१ चैत्र २०७९, १३ : ५४

प्रतिक्रिया