सुनको भाउ यो बर्षकै उच्च

बुधबार, २२ चैत्र २०७९, ११ : ०९

काठमाडौँ-  बुधबार नेपाल बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। 

 आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 आजको भाउ  हालसम्मकै उच्च हो। यसअघि गत चैत ५ गते सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। जुन कीर्तिमान आज तोडिएको छ। 

हिजो मंगलबार पनि सुनको भाउ तोलमा १ हजार रुपैयाँले बढेको थियोे। हिजो प्रतितोला छापावाल सुन १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, २२ चैत्र २०७९, ११ : ०९

प्रतिक्रिया