काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया