सुनको भाउ घट्यो / कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, २४ चैत्र २०७९, १० : ४९

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ घटेको छ ।  

 आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो। 

शुक्रबार, २४ चैत्र २०७९, १० : ४९

प्रतिक्रिया