आरटीजीएस प्रणाली अब शनिबार पनि सुचारु हुने

शुक्रबार, २४ चैत्र २०७९, १४ : ३१

काठमाडौँ- आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ। 

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। 


नेपाल सरकारको राजस्व संकलन प्रयोजनार्थ चैत २५ गते शनिबार आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार शनिबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन हुनेछ। 

 

शुक्रबार, २४ चैत्र २०७९, १४ : ३१

प्रतिक्रिया