सुन चाँदीको मुल्य स्थिर

आइतबार, २६ चैत्र २०७९, ११ : ००

काठमाडौँ-  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। 

आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलका १ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो। 

आइतबार, २६ चैत्र २०७९, ११ : ००

प्रतिक्रिया