ब्ल्याक प्लस डेकरको आर्कषक योजना

आइतबार, २६ चैत्र २०७९, १६ : ५०

 काठमाडौँ - होम अप्लायन्सको ब्रान्ड ब्ल्याक प्लस डेकरले नयाँ वर्षको अभियान ‘न्यू इयर एक्स्ट्राभ्यागन्स विकली प्राइज एण्ड दुबई ट्रिप’ सुरु गरेको छ । 

यस योजनाअन्तर्गत ब्ल्याक प्लस डेकरका घरायसी सामनहरूको खरिदमा ग्राहकहरूले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

त्यस्तै, बम्परमा एक जोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्नेछन् । अभियानमा सहभागी हुनका लागि, ग्राहकहरूले बी एण्ड स्पेस (स्पेस) सामानको नाम (स्पेस) कस्टोमरको नाम (स्पेस) ठेगाना टाइप गरी ३१००३ मा एसएसएस पठाउनु पर्नेछ । यस अभियान चैत्र १६ गतेदेखि सुरु भएको हो । यो अफर सीमित अवधिका लागि नेपालभर लागु हुने बताइएको छ ।

ब्ल्याक प्लस डेकरका कुकिङ, फुड प्रिपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरू उपलब्ध रहेका छन् । होम अप्लायन्स ब्ल्याकंडेकरले २४ महिनाको वारेन्टी प्रदान गरिने बताइएको छ । 

आइतबार, २६ चैत्र २०७९, १६ : ५०

प्रतिक्रिया