काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सिमबारको लागि हरियो तरकारी तथा फल्फुलको मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज सोमबार १५ ओटाभन्दा बढी तरकारी र फलफूलको मूल्य प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको छ ।
मूल्यसूचीअनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी २८ रुपैयाँ ३३ पैसा, सेतो आलु २२ रुपैयाँ, लोकल काक्रो ४५ रुपैया, हाइब्रीड काक्रो २२ रुपैयाँ ३३ पैसा, सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १९ रुपैयाँ ५० पैसा, तराई गाजर ४२ रुपैयाँ ३३ पैसा, तोरीको साग, भन्टा, हरियो धनिया र रायोको साग प्रतिकेजी ३५ रुपैयाँ, जिरीको साग, पिंडालू, फर्सी, लौका र स्कूस प्रतिकेजी ४५ रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ र सेतो मूला ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
प्रतिक्रिया