ओरालो लाग्यो सुनको भाउ

सोमबार, २७ चैत्र २०७९, १० : ४२

काठमाडौँ -  नेपाली बजारमा सोमबार सुनको भाउ  घटेको  छ। 

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावल सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 हिजो सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला  छापावल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो। 

 

सोमबार, २७ चैत्र २०७९, १० : ४२

प्रतिक्रिया