इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित बनाउने संघको प्रयास

सोमबार, २७ चैत्र २०७९, १६ : २७

काठमाडौँ - इन्टरनेट सेवा प्रदायक संघले होटेल शंकर , लाजिम्पाटमा इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक  सहितको उपस्थितिमा  बिशेष भेला  गरेको  छ । इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न आहवान  गरिएको  उक्त  भेलामा सेवा प्रदायहरुको बृहत छलफल पश्चात तपशिल बमोजिमका  निर्णयहरु गरिएको  छ ।


निर्णयहरुः
१) नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको  लक्ष्यलाई आत्मसाथ गरी विश्व  मापदण्ड  अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने ।
२) इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित,  मर्यादित र गरिमामय बनाउन  इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने।  
३) माथि उल्लेखित बुंदाहरु ९बुंदा १ र बुंदा २० कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले  आवश्यक कार्य गर्नेरगराउने । 
४) उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने,  क्इए  निर्माण,   प्रक्रियागत  सुधार लगायतका आवश्यक कार्यहरु गर्ने ।
५ं) नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसंग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एबं गरिमामय बनाउनका लागि आवश्यक छलफलर हातेमालोर सहकार्य गर्दै जाने निर्णय भएको छ ।   
 
 

सोमबार, २७ चैत्र २०७९, १६ : २७

प्रतिक्रिया