सुनको भाउमा बृद्धि, कतिमा हुदैँछ कारोबार ?

मंगलबार, २८ चैत्र २०७९, ११ : ०२

काठमाडौँ-  नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन  १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार


हिजो सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो। 

 

मंगलबार, २८ चैत्र २०७९, ११ : ०२

प्रतिक्रिया