येस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य :

बुधबार, २९ चैत्र २०७९, ०९ : ५०

काठमाडौ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ

जस अनुसार आज बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अदुवा र अमला ११५ रुपैयाँ, अनार २३७ रुपैयाँ ५० पैसा, आभोकाडो र किवि ४५० रुपैयाँ, रातो आलु २९ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, इमली १५५ रुपैयाँ, स्थानीय काउली, लोकल काक्रो, लौका, हरियो लसुन रातो मूला, घिरौला र गोलभेडा प्रतिकेजी ५५ रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, कोइरालो १९० रुपैयाँ, अकबरे खुर्सानी र गुन्द्रुक २७५ रुपैयाँ, घिउ सिमी राजमा, सौफको साग, सुकेको नेपाली लसुन, मेथीको साग, भिण्डी, न्यूरो, तितो करेला र तामा प्रतिकेजी ९५ रुपैयाँ, चमसूरको साग १०५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउ ३०० रुपैयाँ तोकिएको छ । 

बुधबार, २९ चैत्र २०७९, ०९ : ५०

प्रतिक्रिया