काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आज छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँमा कारोबार कारोबार भैरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
कारोबारको अघिल्लो दिन अर्थात सोमबार छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात मंगलवारको दिन पनि १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया