काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहिवारको लागि फलफूल तथा तरकारीको मुल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज बिहीबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, हरियो अंगुर ११५ रुपैयाँ, अदुवा ११५ रुपैयाँ, अनार २३७ रुपैयाँ अमला १२५ रुपैयाँ, रातो आलु ३१ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ, इमली १५५ रुपैयाँ, स्थानीय काउली, गोलभेडा, ग्याठ कोबी, रातो बन्दा, हरियो लसुन, गाजर, लौका र सलगम प्रतिकेजी ५५ रुपैयाँ, लोकल काक्रो, सुकेको नेपाली लसुन, भेडे खुर्सानी, भिण्डी, परवर, न्यूरो, तितो करेला, तामा ९५ रुपैयाँ, कागती २६० रुपैयाँ, किवि ४५० रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, कोइरालो १९० रुपैयाँ, अकबरे खुर्सानी र गुन्द्रुक २७५ रुपैयाँ, लोकल घिउ सिमी, घिरौला, जिरीको साग, स्कूस र पिंडालू ४५ रुपैयाँ तोकिएको छ
प्रतिक्रिया