उपाध्यक्षमा संघई समूहको बर्चस्व, सदस्यमा उमेश र अन्जानको टिम विजयी

विहीबार, ३० चैत्र २०७९, ११ : २३

काठमाडौँ –  उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा मिश्रित परिणाम देखिएको छ । उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । हिजो बिहान १० बजेदेखि भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु भएको मतदानअनुसार ढकाल, वैद्य र  विजयी भएका हुन् ।

महासङ्घको यो चुनावमा उद्योगी व्यवसायी तीन समूहमा बाँडिएर चुनावमा होमिएका थिए । जसमा अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले प्यानल नै बनाएका थिए । वरिष्ठ उपाध्यक्षको उम्मेदवार उनीहरूले उपाध्यक्षका उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएका थिए ।

जसमध्ये हालसम्मा केन्द्रीय सदस्य र उपाध्यक्षको मतगणना सकिएको छ । जिल्लानगर र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अन्जान श्रेष्ठ समूहको बर्चस्व देखिएको छ । तर उपाध्यक्षको चुनावमा भने रामचन्द्र संघई समूहको बर्चस्व देखिएको छ ।

संघई प्यानलबाट उपाध्यक्षमा उठेका दुई जना विजयी बनेका छन् । महासङ्घमा एक जना वरिष्ठ उपाध्यक्षसहित तीन जना उपाध्यक्ष चुनिने व्यवस्था छ । यसअनुसार, हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका हुन ।

ढकाल उमेशलास श्रेष्ठ समूहबाट चुनावमा उठेका थिए । यस्तै, वैद्य र श्रेष्ठ संघई समूहबाट चुनाब लडेका थिए । उनीहरूसँग अरुण सुमार्गी, दिनेश श्रेष्ठ, सकुन्तला हिराचन, भरत आचार्य र मनिषलाल प्रधान पराजित भएका छन् ।

वस्तुगतमा ढकाल विजयी

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उमेशलाल समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित बनेका हुन् ।

ढकाल पूर्व अध्यक्ष चण्डीराज ढकालका भाइ समेत हुन् । कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए ।

यस्तै अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन् ।

जिल्लानगरमा वैद्य विजयी

जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्यले जित हासिल गरेका छन् । रामचन्द्र संघाई समूहबाट चुनाव लडेका वैद्यले जित हासिल गरेका हुन् ।  

उनका निकटतम प्रतिस्पर्धी अरुण सुमार्गीले ३७ मत पाएका छन् । यस्तै जिल्ला नगरतर्फ सबैभन्दा बलिया भनिएका दिनेश श्रेष्ठले जम्मा ३४ मत पाए । उनी भने ४३ मतका साथ विजयी भएका हुन् ।  

कुल ११७ मत रहेको यो समूहमा ३ जनाको प्रतिस्पर्धा थियो । जसमध्ये वैद्यले बाजी मारे । वैद्य नेपाली कांग्रेस निकट व्यवसायी मानिन्छन् । उनी बागमती प्रदेशबाट समानुपातिक सूचीमा रहेका थिए ।

एसोसिएटमा श्रेष्ठ विजयी

एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएका छन । दुई जना बिच भएको यो भिडन्तमा ज्योतसानाले बाजी मारेकी हुन । उनी संघई समूहबाट चुनावी मैदानमा उठेकी थिइन ।

ज्योत्सनाले कुल कसेको १६४९ मतमा ८४६ मत ल्याएकी छिन् । यस्तै उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

जिल्लानगर र वस्तुगतमा उमेश र अन्जानको टिम

जिल्ला नगर र वस्तुगत कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समूहले वर्चस्व जमाएको छ। कुल १८ जना सदस्य निर्वाचित हुने यो समूहमा उमेशलाल प्यानलको १० जनाले विजयी हासिल गरेका हुन् ।

जिल्ल नगरतर्फ अञ्जन श्रेष्ठ समूहबाट भने ७ जना व्यवसायी कार्यसमितिमा निर्वाचित भएका छन् । उमेशलालको टिमबाट जिल्ला नगरमा निरक केसी, प्रयास कार्की, अब्दुल वाहिद मन्सुरी, कल्पना गैरे, किशोरकुमार आचार्य, गोकुल श्रेष्ठ, मन्जुकुमार श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, ताराबहादुर कार्की, उमेश डालमिया र केशवप्रसाद भण्डारी निर्वाचित भएका छन् ।  

अञ्जनकुमार टिमबाट नवीन रिजाल, उज्वलप्रसाद कसजु, अमरेशचन्द्र बैदार, पुष्पराज कुँवर, अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटुवाल र बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  

त्यस्तै  नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उमेशलालकै बढी छन् । जसमा ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अञ्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् ।  

बस्तुगत सदस्यमा उमेशलाल प्यानलबाट कमला श्रेष्ठ, डा सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की विजयी भएका छन् ।  

अञ्जनको टिमबाट भने अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली विजयी भएका छन् ।

एसोसिएटमा कसले कति मत ल्यायो  ?

एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।  

हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ला नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजय हासिल गरेका थिए ।

१, डा. राम शरण थपलिया(१४४०
२, मनोज पौडेल(१३७३
३, आनन्द कुमार बगेरिया(१३६४
४, अम्बिका प्रसाद पौडेल(१३६३
५, सुनिल नारायण श्रेष्ठ(१३४२
६, सुशील थापा(१३२९
७, शैलेन्द्र गुरागाइ (१३१५
८, राजेश कुमार अग्रवाल(१३१२
९, हेमन्त गोल्छा(१३००
१०, देश्बन्धु वस्नेत(१२८४
११, अविनाश बोहोरा(१२७५
१२, गोपाल खनाल(१२६५
१३, उज्वल कुमार श्रेष्ठ (११९१
१४, प्रवल जङ पाण्डे(११२८
१५, जुना माथेमा(९९१
१६, शक्ति कुमार बेगानी (९८८
१७, सन्दिप कुमार अग्रवाल(९२५
१८, हृषी अग्रवल(८८१
१९, मुकुन्द प्रसाद तिमल्सिना(८४२
२०, राम शरण भण्डारी (८४०
२१, बाबू काजी कार्की (८३८
२२, रतन लाल केडिया(८३७
२३, कृष्ण लाल महर्जन(७६०
२४, चिराग गोयल(७५५
२५, भरत रानाभाट(६०९
२६, चन्द्र प्रसाद ढकाल(५२८
२७, हरि प्रसाद पाठक(४७९
२८, राज्य लक्छ्मी महर्जन शाक्य(२७४
२९, निराजन बहादुर चलाउने(२१८

 

विहीबार, ३० चैत्र २०७९, ११ : २३

प्रतिक्रिया