नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मतले चयन

विहीबार, ३० चैत्र २०७९, १७ : ३०

 काठमाडौँ - उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ व्याक भएका छन् । चन्द्र ढकालेले सर्वसम्मत पहल अघि बढाएर उमेश व्याक भएपछि अन्जान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित भएको हो ।

यसअघि हिजो साँझ सम्पन्न पहिलो चरणको चुनावी नतिजा निष्कर्षविहीन बनेको थियो । वरिष्ठ उपाध्यक्षका उमेदवारले चुनावमा कम्तिमा ५१ प्रतिशत मत ल्याउनैपर्ने विधानमा व्यवस्था छ । तर पहिलो चरणको मतदानमा सबैभन्दा धेरै मत ल्याउने अन्जानले  जम्मा ३७.९९ प्रतिशत मतभार पाएका थिए ।

यससँगै आज हुने भनिएको दोस्रो चरणको मतदान नहुने भएको छ ।

विहीबार, ३० चैत्र २०७९, १७ : ३०

प्रतिक्रिया