काठमाडौँ - नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
आज छापावल सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावल सुन १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत चैत ३० गते छापावल सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ स्थिर रहेको थियो।
यसैगरी आज तेजाबी सुन पनि तोलामा ७५० रुपैयाँले घटेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबा भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया