काठमाडौँ - इन्टरनेट र IPTV का साथ सिजी नेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै “ Speed दमदार Price शानदार” अफर लिएर आएको छ । यस अफर अन्तर्गत १३० Mbps को ७ नयाँ सहरमा सेवा बिस्तार रु ७९९ मा २५०Mbps रु १०४९ मा र ३५०Mbps नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुबिधाका साथ CGNET ले आफना प्रयोगकर्तालाई रु ३ लाख सम्मको accidental बिमाका र CG का घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामाग्रीको खरिदमा ३५ % को डिस्काउन्ट अफर लिएर आएको छ । । CGNET जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् ।
काठमान्डौँको भव्य सफलता पछि बिराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केहि महिनामा आफनो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पुर्याइसकेको छ । बैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै CGNET ले हालका लागि आफ्नो बिस्तार यात्रा टुङ्ग्याएको छ । २०८० बैशाख ३ गते पोखरा सहरमा भव्य उद्घाटन समारोह र र्यालीको आयोजना गर्दै CGNET ले पोखरामा आफ्नो आगमनको उद्घोस गरेको हो ।
130 Mbps नेटलाई जनता माँझ सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा ल्याउने नेपालकै पहिलो कम्पनी CGNET अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवा मार्फत देशलाई संसार सँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्न स्थानहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ । सस्तो र भरपर्दो इन्टरनेट खोज्ने नेपालीहरुका लागि यो एउटा सुवर्ण मौका हो । आगामी दिनहरुमा अझै बढी सहर र देशका कुना कुना सम्म आफ्नो सुविधा पुर्याउनका लागि बिस्तारका नयाँ योजना लिएर आउने CGNET ले बताएको छ ।
कम्पनीका सीईओ भन्छन् आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं, आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं, र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ “। भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च-गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।
प्रतिक्रिया