सुन–चाँदीको भाउ स्थिर

सोमबार, ०४ बैशाख २०८०, १२ : ०८

काठमाडौँ - कारोबारको दोस्रो दिन नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। 
 
आज सुन–चाँदीको भाउमा फेरबदल भएको छैन। आज प्रतितोला छापावल सुन १ लाख १० हजार रुपैयाँ तेजाबी  सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। 

 

सोमबार, ०४ बैशाख २०८०, १२ : ०८

प्रतिक्रिया