काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउ यथावत रहेको छ।
आज सुनको भाउमा कुनै फेरबदल भएको छैन । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक छ ।
हिजो सोमबार पनि सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया