सुनको भाउ बढ्यो, कतिमा हुदैँछ कारोबार ?

बुधबार, ०६ बैशाख २०८०, १० : ५४

काठमाडौँ- लगातार स्थिर रहेको सुनको भाउ बुधबार बढेको छ। 

 आज सुनको भाउ बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। प्रतितोला फाइन गोल्डमा ३०० रुपैयाँ र तेजाबी गोल्ड २५० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो। 

 


 

बुधबार, ०६ बैशाख २०८०, १० : ५४

प्रतिक्रिया