सुनको भाउ घट्यो, कति मा हुँदैछ कारोबार ?

विहीबार, ०७ बैशाख २०८०, ११ : १९

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। 

आज प्रतितोला छापावाल सुन ५०० रुपैयाँ र तेजाबी सुन ४५० रुपैयाँ घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला छपावाल सुन ३०० रुपैयाँ र तेजाबी सुन २५० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला छापावाल  सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो। 

विहीबार, ०७ बैशाख २०८०, ११ : १९

प्रतिक्रिया