काठमाडौँ - आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ बाट अब ग्राहकले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ।
आइएमई पेले सुरुआतदेखि नै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ। चन्द्रगिरी केबल कारबाट सुरुआत गरिएको सो केबल कार टिकेटिङअन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ।
आइएमई पेको यात्रा सेवामा केबलकारभित्र रहेको टिकेटिङ सुविधामार्फत ग्राहकले लाइन बस्ने झन्झट बिना टिकट काट्न सक्नेछन्।
प्रतिक्रिया