लयमा फर्किदै सुनको मुल्य

आइतबार, १० बैशाख २०८०, १० : ५८

काठमाडौं-  साता कारोबार पहिलो दिन अर्थात आइतवार सुनको मूल्य घटेको छ ।

 आज नेपाली बजारमा सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ । यो सँगै आज छापावालाको सुनको मूल्य  १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ र  तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँले कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो कारोबारको दिन अर्थात शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १० हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँले कारोबार भैरहेको थियो ।

आज चाँदीको मूल्य स्थिर तोलामा ५ रुपैयाँले घटेर एक हजार ४४० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

आइतबार, १० बैशाख २०८०, १० : ५८

प्रतिक्रिया