काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।
आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया