काठमाडौँ- नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया