सुनको मुल्यमा गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, १५ बैशाख २०८०, १० : ५९

काठमाडौँ-  नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ घटेको छ ।  

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो। 

 

शुक्रबार, १५ बैशाख २०८०, १० : ५९

प्रतिक्रिया