काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया