सुनको भाउ घट्यो, कतिमा हदैँछ कारोबार ?

मंगलबार, १९ बैशाख २०८०, ११ : १५

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो। 

 

 

मंगलबार, १९ बैशाख २०८०, ११ : १५

प्रतिक्रिया