काठमाडौँ- नेपाली बजारमा सुनको भाउ फेरि रेकर्ड उन्मुख पुगेको छ।
बुधबार सुनको भाउ एकैदिन १ हजार ८०० रुपैयाले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।
गत चैत २२ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया