काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार (फागुन २१ गते) सुनको भाउ हालसम्मकै उच्च भाउमा कारोबार भएको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा किनबेच भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत बिहीबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया