फेरी बढ्यो सुनको भाउ, आज कतिमा हुदैँछ कारोबार ?

सोमबार, २५ बैशाख २०८०, १० : ५४

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमै किनबेच भएको थियो। 

 

सोमबार, २५ बैशाख २०८०, १० : ५४

प्रतिक्रिया