सुनको मुल्य स्थिर, चाँदीको भने घट्यो

विहीबार, २८ बैशाख २०८०, ११ : १२

काठमाडौं-  साता कारोबारको पाचौं दिन अर्थात बिहिबार सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापाबालवको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४३० रुपैयाँले कारोबार भईरहेको छ ।

विहीबार, २८ बैशाख २०८०, ११ : १२

प्रतिक्रिया