काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
आज एकै दिन सुनको मुल्य ८०० ले घटेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, स्ट्याण्डर्ड सुनको मूल्य प्रतितोला १ लाख १० हजार २५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
बिहीबारको छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ रहेको थियो भने स्ट्याण्डर्ड सुनको मुल्य १ लाख ११ हजार ५० रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ कायम भएको हो । बिहीबार १ हजार ४३० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया