सुन चाँदीको भाउ स्थिर

आइतबार, ३१ बैशाख २०८०, ११ : ०५

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावल सुन १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँ नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


गत शुक्रबार सुनको भाउ तोलमा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, ३१ बैशाख २०८०, ११ : ०५

प्रतिक्रिया