सुनको भाउ बढ्यो, चाँदीको  भने स्थिर

सोमबार, ०१ जेठ २०८०, १० : ५७

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। 

आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सु्न १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर नै रहँदै तोलाका १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमै किनबेच भएको थियो। 

सोमबार, ०१ जेठ २०८०, १० : ५७

प्रतिक्रिया