काठमाडौँ- मंगलबार नेपाली बजारमा फाइन छापावाल सुनको भाउ स्थिर रहेको छ भने तेजाबी (स्ट्यान्डर्ड) सुनकोको भाउ बढेको छ।
आज छापावाल सुनको भाउ स्थिर रहेको छ भने तेजाबी सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोलाछापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया