ओरालो लाग्यो सुनको भाउ, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, ०४ जेठ २०८०, ११ : २६

काठमाडौँ-  नेपाली बजारमा सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोलाछापावाल सुन१ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो। 

 

विहीबार, ०४ जेठ २०८०, ११ : २६

प्रतिक्रिया