आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

विहीबार, ०४ जेठ २०८०, १६ : ०६

काठमाडौँ- आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ। 

सम्झौताअनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

यो सम्झौताअन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्यसम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुनेछ। 

पहिलो चरणमा ६ महिनाका लागि गरिएको यस सम्झौतामार्फत ग्राहकले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा उक्त छुट प्राप्त गर्न सक्नेछन्।

 

विहीबार, ०४ जेठ २०८०, १६ : ०६

प्रतिक्रिया