सुनको भाउमा उच्च गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

११ महिना अगाडि

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। 

आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

 

११ महिना अगाडि

प्रतिक्रिया