यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

११ महिना अगाडि

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वुधबारको लागि फलफूल तथा तरकारीको मुल्य सार्वजनिक गरेको छ ।

जस अनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसम मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महङ्गो सुकेको खुर्सानी प्रतिकेजी ४६५ रुपैयाँ, किवि र अभाकाडो ४५० रुपैयाँ पर्नेछ । 

त्यस्तै, ठुलो गोलभेडा, तराई सानो गोलभेडा, लौका, रायोको साग र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेडा, चिचिन्डो, तने बोडी र लाम्चो भन्टा ३५ रुपैयाँ, टनेल गोलभेडा ५० रुपैयाँ, रातो आलु ४१ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, लोकल गाजर, हरियो खुर्सानी र ब्रोकाउली ७५ रुपैयाँ, मकै बोडी र झिगुनी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, हाइब्रीड घिउ सिमी, भिण्डी र सजिवन ६५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, तितो करेला ३६ रुपैयाँ, लोकल परवर ८५ रुपैयाँ, तोफु, पालूगो, चमसूर र मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो, अकबरे खुर्सानी, गुन्द्रुक र फुजी स्याउ २७५ रुपैयाँ, न्यूरो, रातो बन्दा, जिरीको साग, भेडे खुर्सानी, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले १९० रुपैयाँ, सौफको साग ११५ रुपैयाँ, पुदीना १९० रुपैयाँ, कागती १९० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २१० रुपैयाँ र लोकल लिच्ची १७५ रुपैयाँ तोकिएको छ । 

११ महिना अगाडि

प्रतिक्रिया