एक कम्पनीको बोनश शेयर डिम्याट खातामा जम्मा

मंगलबार, ०५ असार २०८०, ११ : १५

काठमाडौं-  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक कम्पनीको बोनश शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

क्यापिटलले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८।७९का लागि वितरण गरेको बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको थियो ।

सो बोनस शेयर संस्थाको गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणसभा पारित गरेको थियो ।

गत असार ३ गते सूचीकरण भई उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

मंगलबार, ०५ असार २०८०, ११ : १५

प्रतिक्रिया