डिजिटल वालेट इसेवाको नयाँ सुविधा सार्वजानिक

बुधबार, ०६ असार २०८०, १२ : ४६

काठमाडौँ-  डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ ।

 इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो ।

इसेवा र एभरेष्ट बैंकका बीचमा भुक्तानी सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । इसेवाका सिईओ जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सिईओ बिजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरसँगै अब इसेवाका प्रयोगकर्ताहरुले सहज रुपमा एटिएम सेवा समेत उपयोग गर्न पाउने छन् । कम्पनीले आम सर्वसाधारणलाई इसेवाको डिजिटल वालेटलाई थप प्रभावकारी बनाउन यस्तो सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा शुभारम्भ गरिएको इसेवाका सिइओ जगदिश खड्काले बताए ।

बुधबार, ०६ असार २०८०, १२ : ४६

प्रतिक्रिया