प्राइम टाइल्स विथ स्टाइल अब नेपाली बजारमा

विहीबार, १४ असार २०८०, १७ : ०९

काठमाडौं नेपाली उपभोक्ताले नेपालमै उत्पादित अन्तराष्ट्रियस्तरको टायल सुपथ मूल्यमा  विक्री- वितरणमा ल्याएको छ ।

भुई र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो ।

नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स् प्रा.लीले रौतहटस्थित बृन्दावन नगरपालीका ६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालीयन प्रविधीद्वारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ ।

विश्वमा सेरामिकः प्रविधीमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी SACMI को सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तराष्ट्रिय ब्राण्डसँग समेत प्रतिस्पधा गर्न सक्ने क्षमताको छ ।

हाल वार्षिक १५ अर्ब रुपैया बराबरको टायल नेपालमा आयात हुने गरेको र चर्को दुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महंगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उद्योगले देशको कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्नेछ । साथै उधोगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरीनबाट रोक्ने, रोजगारीको श्रृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५-२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने छ ।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने भएकाले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ ।

कम्पनीले एकै छानामुनी घरायसी, व्यापारीक, पूर्वाधार परियोजना तथा सार्वजनीक स्थल आदीमा प्रयोगको लागि हाल अधिकतम २X४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईमा लाग्ने टाइल्स् उत्पादन गर्नेछ ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सिएमएस ग्रुप र फर्चुन भेन्चर्स्द्धारा प्रबर्द्धित प्राइम सेरामिक्स् प्रा. लीको कुल लगानी दुई अर्ब रुपैंया रहेको छ । दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उधोगले ३०० जनालाई रोजगारी दिएको छ ।

विहीबार, १४ असार २०८०, १७ : ०९

प्रतिक्रिया