घट्यो पेट्रोलियम पदार्थको मूल्य

मंगलबार, १९ असार २०८०, ०७ : ५६

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

सोमबार बसेको निगमको बोर्ड बैठकले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको छ भने तराईका जिल्लाहरूमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाएको हो।

निगमले सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँ प्रति लिटरले घटेको छ।

मंगलबार, १९ असार २०८०, ०७ : ५६

प्रतिक्रिया