काठमाडौं चौधरी ग्रुप को आपने विद्युतीय सामग्री को नयाँ तथा भव्य मल्टि ब्रान्ड शोरूम सी जी डिजिटल को २३ औ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। भक्तपुरका समाजसेवी तथा भूतपूर्व मंत्री श्री महेश बस्नेत ज्यूको हातबाट असार २० गते रिबन काटेर यो शोरुमको भब्य उद्घाटन भएको छ।
सी जी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु LG, CG, TCL, Godrej Sensei, Midea, Beko, Black+Decker, Kent, Ellca, Pigeon, Crompton लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु जस्तै कि LED TV, Washing Machine, Refrigerator, Micro wave Oven, Vacuum Cleaner, Dishwasher Air Purifier, Music System, Rice Cooker, Mixture Grinder, Smart Domestic Appliances, Smart Home Appliances लगायतका थुप्रै सामानहरु रहने छन् Ground Floor को २२५० sq. ft. एरियामा बनेको यस सी जी डिजिटलको शोरूम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।
भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित यो शोरुम संचालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरु बाट यहाँ भएका विधुतिय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ। यो शोरुम हप्ताको सातै दिन बिहान १०:०० बजे देखि बेलुका ०७:३० बजे सम्म संचालन हुने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१-५९१३१८२, ०१-५९९३१८३ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गरिन्छ ।
भक्तपुरको गट्ठाघरमा खोलिएको यस सी जी डिजिटल शोरुममा ओपेनिङ्ग को विशेष छूट, 0% किस्ता बन्दि
· फ्री गिफ्टहरु का साथै Exchange Offer को पनि सुविधा रहेको छ। साथै Product [Live Demo Cooking Class
र Preventive Maintenance Service (PMS) को पनि व्यवस्था गरिएको छ ।
चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौं बाहिर इटहरी, हेटौडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम संचालन गरि सकेको छ। यो संगै भक्तपुरको गट्ठाघरमा खोलिएको यस सी जी डिजिटल शोरुम अब २३औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि जानकारी गरिएको छ ।
प्रतिक्रिया