विदेशी पर्यटकको रोजाईमा मुस्ताङ, ७१ हजार विदेशी पर्यटक भित्रिए

शनिबार, ०६ साउन २०८०, ०९ : ३९

काठमाडौं- लामो समय निरन्तर थलिएको पर्यटन व्यवसायले पछिल्लो केहीँ वर्षदेखि भने गति लिन थालेको छ । नेपालमा पर्यटकको सबैभन्दा बढि रोजाईमापर्ने पर्यटकीय स्थलमध्यको एक हो जोमसोम ।  गतवर्ष २०७९ र ०८० मा सार्क देशका ५९ हजार ३१० जना र विदेशी फरेनर पर्यटक ६ हजार ७४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।

यसको अघिल्लो वर्ष  सार्क देशका ३६ हजार १५३ जना र विदेशी फरेनर २ हजार ७४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । जोमसोमा आर्थिक वर्ष २०७९ र ०८० को १२ महिनामा कुल ७१ हजार ७०७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । यो संख्या कोभिड अघि र पछिको  पर्यटकीय तथ्यांकमा अहिलेसम्मकै उच्च वृद्धि हो ।

आर्थिक वर्ष २०७८ र ०७९ को साउनदेखि असारसम्मको १२ महिनाको तथ्यांकलाई हेर्दा कुल ३८ हजार ८९६ जना विदेशी पर्यटक भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष  ३२ हजार ८११ जना अर्थात ९४५.७५० प्रतिशत विदेशी पर्यटक वृद्धि भएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयले जनाएको छ ।

गतवर्ष २०७९ र ०८० मा सार्क देशका ५९ हजार ३१० जना र विदेशी फरेनर पर्यटक ६ हजार ७४९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । यसको अघिल्लो वर्ष  सार्क देशका ३६ हजार १५३ जना र विदेशी फरेनर २ हजार ७४३ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

मुस्ताङमा कुल भित्रिएका पर्यटक संख्याको ६६ हजार ५९ विदेशी पर्यटकले सिधैं मुस्ताङको भ्रमण गरे भने राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्या ५ हजार ६४८ जना रहेको छ  ।  अन्नपूर्ण पदमार्गको मनाङ हुँदै मुस्ताङ भित्रिनेमा ५६० जना सार्क मुलुक र ५ हजार ८८ जना  विदेशी पर्यटक तेस्रो मुलुकका छन् ।

गत आर्थिक वर्षमा ५ हजार ६४८ जना सार्क र तेस्रो मुलुकका पर्यटकले राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग हुँदै मुस्ताङ भित्रिएकोमा यसको अघिल्लो वर्ष जम्मा ७४३ जना सार्क र तेस्रो मुलुकका पर्यटक राउण्ड हुँदै मुस्ताङ भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा ४ हजार ९०५ अर्थात ८७ प्रतिशतले राउण्ड गर्ने पर्यटक वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९ र ०८० मा सबै भन्दा बढी सार्क मुलुकका पर्यटक बैशाख महिनामा भित्रिएका थिए भने कार्तिकमा तेस्रो मुलुकका पर्यटक भित्रिएका हुन् । बैशाखमा सार्कका १४ हजार ७४५ जना भित्रिदा कार्तिक महिनामा तेस्रो मुलुकका १ हजार ३९२ जना फरेनर पर्यटक मुस्ताङ भित्रिएको कार्यालय प्रमुख अशोक सुवेदीले उल्लेख गरे । सबै भन्दा कम ५२७ जना माघ महिनामा भित्रिदा माघ महिनामै सबैभन्दा कम ९३ जना  तेस्रो मुलुकमा फरेनर मुस्ताङ भित्रिएका हुन् ।

शनिबार, ०६ साउन २०८०, ०९ : ३९

प्रतिक्रिया