काभ्रेको डाँडापारी भेगमा बाढीपहिरोको जोखिम

मंगलबार, २३ साउन २०८०, १६ : ५५

काठमाडौँ - काभ्रेको खानीखोला गाउँपालिकाको वडा नम्बर–५ को सिक्रे दोभानमा बागमतीको कटानको जोखिमको घेराभित्र केही बस्ती छन् ।

त्यसैको विपरीत दिशामा पर्ने मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर–५ सिक्रे दोभान प्रहरी चौकी भोर्लेनीबाट करिब ३ किलोमिटर उत्तरमा पर्ने उक्त गाउँमा कच्ची सडकको पहुँच भएतापनि वर्षायाममा आवतजावत गर्न समस्या हुने गरेको छ । 

बागमती खोलाको कटानको जोखिम न्यून रहेको उक्त बस्तीबाटै बग्ने सामान्य खोल्साखोल्सीमा बाढीसँगै मंगलबार आएको पहिरोले एक घर बगाउँदा एकको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । क्षति कतिको भएको छ भनि यकिन गर्न सक्ने स्थिति नरहेको गाउँपालिकाको अध्यक्षले जनाएका छन् ।

अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको अध्यक्षले बताएका छन् ।
  
खानीखोला गाउँपालिकाको अध्यक्षले खोला छेउछाउ तथा नदी किनार र डाँडा आसपास अझै पहिरो जान सक्ने सम्भावना रहेकोले सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

No description available.

मंगलबार, २३ साउन २०८०, १६ : ५५

प्रतिक्रिया